
काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छिन् ।
सुन्धाराको होटल श्री गुरुङमा केही दिनदेखि बस्दै आएकी इमाडोलकी भूमिका राउत मृत फेला परेकी हुन् ।
प्रेमीसँगै होटलमा बस्दै आएकी उनी सोमवार मृत फेला परेकी काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए ।
प्रवक्ता ढुङ्गेलका अनुसार राउतका प्रेमी आइतवार बिहान होटलमा तिर्नका लागि पैसा लिन गएको र सोमवार बिहान आउँदा कोठा भित्रबाट चुक्कल लगाएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।
प्रहरीका अनुसार उनको कोठाबाट विषको बोतलसमेत फेला परेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।