२७ जेठ २०८३, बुधबार

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

असोज २७, २०८०
काठमाडौं
प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा शनिवार स्वदेश फर्किएका छन् । 

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरेर उनी आज स्वदेश फर्किएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए ।​

null

प्रधानसेनापति शर्मा बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसको औपचारिक निमन्त्रणामा यही असोज २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।​​null

बेलायत भ्रमणका दौरान प्रधानसेनापतिले आफ्ना बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए ।

भेटका क्रममा उनीहरुबीच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो ।

सो क्रममा बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसबाट नेपाली सेनाको पेसागत क्षमताको अभिवृद्धि, विकास तथा विस्तारमा सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्