२६ जेठ २०८३, मंगलबार

वीरगञ्जमा नयाँ स्वास्थ्य प्रयोगशाला सञ्चालनमा

असोज २८, २०८०
पर्सा
वीरगञ्जमा नयाँ स्वास्थ्य प्रयोगशाला सञ्चालनमा

वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्जमा उपचार गराउन आउने बिरामीहरुलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।     

मधेस प्रदेश सरकारको समेत सहयोगमा निर्माण गरिएको प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले रु एक करोड लगानी गरेको छ । प्रयोगशालाको आइतबार एक कार्यक्रमबीच जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक प्रदीप यादवले उद्घाटन गरे । 

त्यस अवसरमा पूर्वमन्त्री यादवले महानगरपालिकाले सञ्चालन गरेको प्रयोगशालाले गरिब नागरिकलाई विशेष सेवा प्रवाह गर्न आग्रह गरे । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवाको निरन्तर अनुगमन गर्न सेवाग्राहीलाई अपिल गरे । 

महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोशालाबाट प्रवाह हुने सेवा प्रचलित बजार मूल्यभन्दा ७५ प्रतिशत सस्तो रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्