२६ जेठ २०८३, मंगलबार

मणिपुरमा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाइयो

कात्तिक १०, २०८०
काठमाडौं
मणिपुरमा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाइयो

भारतको मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाएको छ । मणिपुरमा अक्टोबर ३१ सम्म मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाइएको बीबीसी हिन्दीले जनाएको छ । 

समाचारमा जनाइएअनुसार मुख्यमन्त्री विरेन्द्र सिंहले इन्टरनेटमा लगाइएको प्रतिबन्द हटाउने बताएको एक हप्तापछि पुन: प्रतिबन्द बढाएको हो ।

केही असामाजिक तत्वले जनभावना भड्काउनेगरी तस्वीर र भिडियो फैलाउन सामाजिक सञ्जालको दुरुपयोग गर्न जोखिम रहेको भन्दै प्रतिबन्द बढाइएको हो । 

मणिपुरमा गत मईदेखि दुई समुदायबीच भड्किएको हिंसाका कारण पाँच महिनादेखि तनाब जारी छ । 

बिचमा केही समय इन्टरनेट बहाल गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्