![भूकम्पले भताभुंग जाजरकोट [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/bhukampa8_V7Ue479NCi.jpg)
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा एक सय जनाको ज्यान गएको छ । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा ५५ बढी घाइते छन् ।

प्रहरीका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी ३६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लामा ८५ जना घाइते भएका छन् ।
मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । दुई जिल्लामा ठूलो भौतिक क्षति पनि भएको छ । कयौं घरहरू भत्किएका छन् ।

उनीहरूको उद्दार र उपचारको काम भइरहेको प्रहरीको भनाइ छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।
हेरौं भूकम्पले क्षतिग्रस्त घरहरू







तस्वीर: प्रधानमन्त्रीको सचिवालय