पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडाैं | कात्तिक २०, २०८०
भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौं बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रवक्ता रेग्मीका अनुसार भिजिट भिसामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजात बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चार जनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको थियो ।
उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।
निजहरूलाई विभिन्न व्यक्तिहरूका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप २ सय ३० थानसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
आइतवार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...