×

आउँदैछ दराज ११ः११, बिगेस्ट सेल अफ द इयर

काठमाडाैं | कात्तिक २२, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ ।

Laxmi Bank

कम्पनीका अनुसार कात्तिकको २५ गतेबाट शुरू हुने यो सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, मनोरञ्जनलगायतका विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोडसम्मको छुट पाउनेछन् । 


Advertisment

यो सेलमा ग्राहकहरूले निःशुल्क डेलिभरी, रु १०,००० सम्मको मेगा भउचर, मेगा डिलस्‌मा ८० प्रतिशतसम्मको छुट,  साथै मेगा गिभअवे अन्तर्गत रु ९९९ भन्दा माथिको  खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले सीजी ब्रान्डको वासिङ्ग मेसिन जित्ने मौका पनि समावेश छ ।


Advertisment

साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले  १५ प्रतिशत वा अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत वा अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्। 

दराजका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार ११ः११ सेल मात्र नभएर उत्साह र उमङ्ग हो ।

उत्साहले भरिएको यो सेलमा उमङ्ग थप्न सुप्रसिद्ध गायिका सुवानी मोक्तानले कात्तिक २४ गते राति १० बजे दराज लाइभमार्फत कार्यक्रम सञ्चालन गर्नेछिन् । यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रशारण हुनेछ । 

कार्यक्रममा मोक्तानको सांगीतिक प्रस्तुतिका साथै विभिन्न खेल र प्रश्नोत्तरहरू समावेश छन् । जहाँ दर्शकहरूले सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरू जित्न सक्ने दराजले जनाएको छ ।

सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अनलाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरू नेपाल, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशहरूमा उपलब्ध छ ।

३० हजार बिक्रेता र करिब ५० लाख ग्राहकहरूलाई जोड्दै दराजले अहिले २५ लाख उत्पादनहरू बिक्री गर्ने गरेको छ ।

फेसन, खेलकुद, सौन्दर्यदेखि घरायसी सामानसम्मका उत्पादनहरू दरजले बिक्री गर्दै आएको छ ।

जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x