२६ जेठ २०८३, मंगलबार

राष्ट्रपतिले गरे भूकम्पमा सहयोग गरेकोमा चीनको प्रशंसा, जवाफमा चिनियाँले भने– एक चीन नीतिप्रति आभार

कात्तिक २३, २०८०
काठमाडौं
राष्ट्रपतिले गरे भूकम्पमा सहयोग गरेकोमा चीनको प्रशंसा, जवाफमा चिनियाँले भने– एक चीन नीतिप्रति आभार

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । 

राष्ट्रपति भवन शीतलनिवासमा विहीवार भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहित लगायतका विषयमा छलफल भएको थियो ।

null 

सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

हालै जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा भूकम्पप्रभावितहरुका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद्पश्चातको पुर्नउत्थान र पुर्ननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए । 

सो अवसरमा सचिव जुनझेङले नेपालले विगतदेखि नै लिँदै आएको एक चीन नीतिप्रति आभार व्यक्त गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्