×

NMB BANK
Dabur

सावित्रा मृत्यु प्रकरणः न्याय माग्दै परिवार पुग्यो जिल्ला प्रशासन

बुटवल | कात्तिक २३, २०८०

NTC
Premier Steels

सुत्केरी अवस्थामा मृत्यु भएकी रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ की सावित्रा खरेल खनालको परिवार उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग लिएर जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यहाँ पुगेर महेश खनालले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई बिहीवार ज्ञापनपत्र बुझाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

nullnull 


Advertisment
SBL

भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) अस्पतालमा ज्ञापनपत्र बुझाएर बैठकमा बस्दा बेवास्ता गरिएकाले प्रजिअसम्म पुग्नु परेको परिवारको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘अस्पतालका गुनासो सुन्ने अधिकृत सुशील गुरुङ र तेज केसीले प्रहरी प्रशासनको दबाबमा हाम्रा जायज मागप्रति वेवास्ता गरेकाले प्रशासनमा निवेदन दिनुपरेको हो,’ मृतकका जेठाजु महेश खनालले भने ।

ज्ञापनपत्र बुझदै प्रजिअ अर्यालले घटना कानूनी रुपमा अघि बढेकाले त्यसैमा विश्वास गर्न आग्रह गरे । 

असोज ८ गते सुत्केरी हुन यूसीएमएस भर्ना भएकी सावित्राको कार्तिक २ गते काठमाडौंमा मृत्यु भएको थियो । यूसीसएमएसमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु हुने अवस्था आएको भन्दै परिवार आन्दोलित छ । 

३३ वर्षीया सावित्राको दुई वर्षअघि सुरज खनालसँग विवाह भएको थियो । उनी सियारी वडा नम्बर ५ को वडा कार्यालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत थिइन् ।

उपचारमा ५० लाख रुपैयाँ खर्च गर्दा पनि सावित्राको ज्यान बचाउन नसकिएकोमा परिवार दुःखी छन् । आगामी दिनमा अस्पतालमा चिकित्सकको गल्तीले सावित्राको जस्तो कसैको ज्यान नजाओस् भनेर आफूहरू आन्दोलित भएको पीडित परिवारले बताउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x