२६ जेठ २०८३, मंगलबार

कञ्चनपुरको लालझाडीमा घरभित्रै मृत भेटिए श्रीमान्–श्रीमती

कात्तिक २६, २०८०
कञ्चनपुर
कञ्चनपुरको लालझाडीमा घरभित्रै मृत भेटिए श्रीमान्–श्रीमती
फाइल फोटो

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन् ।​

बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

‘घटनाबारे त्रिभुवन बस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ’ उनले भने, ‘पुष्पाका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्