
नवलपरासी पूर्वको देवचुली नगरपालिका-७ मुण्डे एस मोडस्थित सडकमा लु.१ ज ३२७० नम्बरको जिप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा जिपका चालक बौद्धीकाली गाउँपालिका-६ मझडाँडा बस्ने २९ वर्षीय छन बहादुर आले, सोही गाउँपालिका लाहटे बस्ने ५२ वर्षीया कुमारी राना, सोही गाउँपालिका माझडाँडा बस्ने ५५ वर्षीय टेकमान वानटक्की, बुलिङटार गाउँपालिका-४ चुलिवोझ बस्ने १२ वर्षीया करिश्मा ठाडा, ४५ वर्षीया कमला वानटक्की र हाल नाम, थर, वतन नखुलेका १ जना पुरूष गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यसैगरि दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका-२ मदनपुर बस्ने १८ वर्षीय चिरन अर्यालको पनि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।