×

सिप्रदीद्वारा भूकम्प पीडितलाई ५५ लाखको राहत वितरण​​

काठमाडाैं | मंसिर ४, २०८०

सिप्रदीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्री वितरण गरेको छ ।​​​

​सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा यही कात्तिक २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम अन्तर्गत आठबीसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो ।


Advertisment

तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरूले बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै प्याकेजसहितका राहत सामग्री सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरेका थिए ।


Advertisment

जाजरकोट र रुकुम पश्चिममा त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुनका साथै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

संस्थाको अनुसार हस्तान्तरण गरेको सामग्रीहरूबाट झन्डै १ हजार २०० घर परिवारका ४ हजार ८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालका अनुसार भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितहरूलाई उक्त सामग्री प्रदान गरिएको छ ।​

सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरिएको उनले जानकारी दिए । ‘प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेका छौं र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुर्‍याउने नै छौं’ उनले भने ।

आठबीसकोट, रुकुमका नगर प्रमुख रवि केसीले नगरका भूकम्प प्रभावितलाई सिप्रदी सहायता संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गरे । सहयोगले यस प्रकोपले दुःखमा परेका नगरबासीलाई राहत मिलेको उनले बताए ।

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x