मंसिर २, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...
गृह मन्त्रालय सुधारका लागि अध्ययन समिति गठन भएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय मातहतका निकायहरूमा देखिएका समस्यालाई समाधान गर्न अध्ययन समिति र उपसमिति गठन गरिएको बताए ।
‘गृह मन्त्रालय मातहतका निकायहरूमा भएका समस्यालाई औल्याउनका लागि यो समिति बनेको हो,’ मन्त्री श्रेष्ठले भने, ‘आन्तरिक रुपमा पनि सुशासनको काम अगाडि बढाउनका लागि पनि यो समिति गठन भएको हो ।’
मन्त्री श्रेष्ठका अनुसार पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ ।
समितिको सदस्यहरूमा पूर्व सचिव शरदचन्द्र पौड्याल, शंकरप्रसद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खड्ग केसी, पूर्व प्रहरी आईजीपी प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम र गृह मन्त्रालयका नीति योजना महाशाखाका सहसचिव सदस्य सचिव रहेका छन् ।
यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, स्थानीय प्रशासन र सेवा प्रवाहका लागि पनि उपसमिति गठन गरिएको छ ।
गठित समिति र उपसमितिहरूले ३ महिनामा अध्ययन प्रतिवेदन बुझाउने छन् । गृहमन्त्रालय मातहतका ७ विषयको अध्ययन गर्ने मन्त्री श्रेष्ठले बताए । कानूनीरुपमा सुधार गर्नुपर्ने भए पनि त्यसलाई समितिले अध्ययन गरेर प्रतिवेदनमा समावेश गर्ने उनको भनाइ छ ।
कात्तिक २५ गते गठन भएका समिति र उपसमितिले आज पहिलो बैठक बसेर काम शुरू गरेको संयोजक लीलामणि पौडेलले बताए ।
पौडेलले राज्यमा आर्थिक भार परिरहेको समयमा कुनै पनि सुविधा र तलब भत्ता नलिएर भोलेन्टियरको रुपमा काम गर्न लागेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । 'नेपालमा टिकटक ब्यान्ड गर्ने सरका...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...