२७ जेठ २०८३, बुधबार

नक्कली नेपाली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

मंसिर ५, २०८०
काठमाडौं
नक्कली नेपाली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।

सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद भएको छ ।​

उनीरूलाई काठमाडौंका विभिन्न ठाउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिर्जनालाई सोमबार राति  शंखरापुर नगरपालिका-७ कोलागालबाट र मैया कुमारीलाई बूढानीलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्