२७ जेठ २०८३, बुधबार

पुलचोक मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा, आगामी ६ महिना जुलुस र प्रदर्शन गर्न रोक

मंसिर ५, २०८०
काठमाडौं
पुलचोक मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा, आगामी ६ महिना जुलुस र प्रदर्शन गर्न रोक

जिल्ला प्रशासन कार्यालय ललितपुरले निषेधित क्षेत्र घोषणा गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलवार एक आदेश जारी गर्दै पुलचोकस्थित मन्त्री निवासदेखि राष्ट्रिय किताब खानासम्म निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

प्रशासनद्वारा जारी आदेशमा ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताब खाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेधित क्षेत्र तोकिएको छ ।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ’ आदेशमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्