२६ जेठ २०८३, मंगलबार

आत्मसम्मानलाई तिलाञ्जली दिएर छिमेकीसँग सुमधुर सम्बन्ध हुँदैन : केपी ओली

मंसिर ६, २०८०
काठमाडौं
आत्मसम्मानलाई तिलाञ्जली दिएर छिमेकीसँग सुमधुर सम्बन्ध हुँदैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मसम्मानलाई तिलाञ्जली दिएर छिमेकीसँग सुमधुर सम्बन्ध कायम नहुने बताएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग न्यायोचित हितमा अडेर सम्बन्ध राख्नुपर्ने बताएका हुन् । 

‘हाम्रो स्वाधीनता माथि प्रहार भएको छ । यसको स्खलन अहिलेको गठबन्धनले गराएको छ । देशका लागि यो खतरनाक कुरा छ । छिमेकीसँग अत्यन्तै सुमधुर ढंगले सम्बन्ध राख्न चाहन्छौं । जिओ पोलिटिक्स, छिमेकीको संवेदशीलतालाई बुझेका छौं ।

छिमेकीसँग किञ्चित झगडा गर्न चाहँदैनौं छिमेकीसँगको वैमनश्यकता नेपालको हितमा हुन सक्दैन’ ओलीले भने, ‘छिमेकीसँगको सम्बन्ध आत्मसम्मानलाई तिलाञ्जली दिएर, घुँडा टेकेर, स्वाभामिन छोडेर सार्वभौमसत्तामा ठेस लगाएर सम्बन्ध सुमधुर हुँदैन ।’

छिमेकीसँग अप्रिय घटना र असाधारण तनाव नभएको भन्दै उनले अहिलेको सरकारले असंलग्नतलाई धरापमा पारेको उनले बताए । 

‘हाम्रा बीच अप्रिय घटना र असाधारण तनाव छैन । संवादमै छौं भने उचित र न्यायोजित हितमा अडेर कुरा गर्न सक्छौं । यसलाई सुरक्षित गर्दै स्वतन्त्रताको रक्षा गर्न अहिले हाम्रो असंलग्न तटस्थताा धरापमा परेको छ । स्वाधीनता, अपहेलित, अपमानित र तिरस्कृत भएको छ’ ओलीले भने, ‘यो राष्ट्रको लागि मान्य हुँदैन । गएको अढाइ वर्षमा यो परिस्थिति निर्माण भएको छ । 

सार्वभौमिक, अखण्डता, राष्ट्रिय गौरव लामो समययता अढाइ वर्ष यता कमजोर भएको । सत्तालाई केन्द्रमा राखेर चल्दा, देशको स्वाभिमान, अरू स्वार्थले कमजोर भएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्