२६ जेठ २०८३, मंगलबार

कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्छः शेखर कोइराला

मंसिर १६, २०८०
काठमाडौं
कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्छः शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरूले उग्र महत्त्वाकांक्षा त्यागेर आफ्नो आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासन नआउने पनि ठोकुवा गरे ।

युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने उनको भनाइ थियो ।

null

‘दैनिक लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन । केवल स्वार्थकेन्द्रित राजनीतिमा छौं । अनि देश कसरी देश बन्छ ?’, कोइरालाले प्रश्न गरे ।

कांग्रेसमा संस्थापनइतर पक्षको अगुवाइसमेत गरिरहेका उनले अब कुनै पनि निर्वाचनमा पार्टीले कसैसँग गठबन्धन नगर्ने दोहोर्याए ।

कोइरालाले कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका नेता पनि सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्