मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
काठमाडाैं | मंसिर २३, २०८०
गाजामा इजरायल र हमासबीच युद्धविराम गर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को मागलाई अमेरिकाले भिटो प्रयोग गरेर रोकिदिएको छ । गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै राष्ट्र संघको सुरक्षा परिषद्ले गरेको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार लगभग सबै सुरक्षा परिषद्का सदस्यहरू र दर्जनौं अन्य राष्ट्रहरूले समर्थन गरे पनि संयुक्त राष्ट्र संघको प्रस्तावलाई संयुक्त राज्य अमेरिकाले भने भिटो प्रयोग गरेर अस्वीकार गरेको हो ।
‘अमेरिकाले इजरायल र प्यालेस्टाइन दुवै शान्ति र सुरक्षामा बस्न सक्ने दिगो शान्तिलाई समर्थन गर्दछ । तर हामी तत्काल युद्धविरामको आह्वानलाई समर्थन गर्दैनौँ। यसले अर्को युद्धको लागि मात्र बीउ रोप्नेछ, किनभने हमाससँग दिगो शान्ति हेर्ने, दुई-राज्य समाधान हेर्ने इच्छा छैन,’ संयुक्त राष्ट्रका लागि उपअमेरिकी राजदूत रोबर्ट वुडले भने।
सुरक्षा परिषद्का १३ सदस्य राष्ट्रहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका हुन् । १५ सदस्यीय काउन्सिलमा १३-१ मत भएको थियो भने बेलायत अनुपस्थित थियो। युद्धविरामको आह्वानलाई समर्थन गर्नेहरूमध्ये फ्रान्स र जापान पनि थिए।
अमेरिकाको भिटोको चीन र रुसले आलोचना गरेका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन बुधबार दुर्लभ कदम चालेपछि मतदान गरिएको हो।
सुरक्षा परिषद्का पाँच स्थायी सदस्यलाई भिटो प्रयोग गर्ने अधिकार हुन्छ । रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतसँग भिटो प्रयोग गर्ने अधिकार छ ।
यसअघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेको थियो ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...