२६ जेठ २०८३, मंगलबार

तीन बन्धकको गल्तीबस मृत्यु भएको भन्दै इजरायल सरकारद्वारा दुःख व्यक्त

मंसिर ३०, २०८०
काठमाडौं
तीन बन्धकको गल्तीबस मृत्यु भएको भन्दै इजरायल सरकारद्वारा दुःख व्यक्त
फाइल तस्वीर

इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिवमा भएको प्रदर्शनप्रति पनि खेद व्यक्त गरेको छ ।

इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो ।

हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए ।

इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भनेका छन्, 'शेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल (आईडीएफ) ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए ।'

उनीहरूको शव इजरायलमा सारिएको थियो । अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद्’ घटना भनेका छन् । 

घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए र नेतन्याहूको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ जना बन्धकको रिहाइका लागि आग्रह गरेका थिए ।

गत नोभेम्बरमा इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासलद्वारा मुक्त गरिएको थियो । त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि सुरु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्