२६ जेठ २०८३, मंगलबार

कांग्रेस एमालेको डर भगाउन तालमेल नगर्ने सहमति गरौं : गगन थापा

पुस २, २०८०
तनहुँ
कांग्रेस एमालेको डर भगाउन तालमेल नगर्ने सहमति गरौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेबीच आपसी डर भगाउन निर्वाचनमा तालमेल नगर्ने सहमति गर्न प्रस्ताव गरेका छन् । 

तनहुँमा आयोजित एक कार्यक्रममा थापाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन भनेर सहमति गर्न प्रस्ताव गरेका छन् । 

‘१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन यसकारणले निर्वाचन अघि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन भन्ने अवस्था पनि बनाऊँ ’, थापाले प्रस्ताव गर्दै भने, ‘यस्तो हुँदा कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन । यो गर्न सकिन्छ ।  यस्तो अभ्यास थुप्रै देशमा पनि छ । यस्तोमा आस्थाको आधारमा कांग्रेस रोज्नेहरू विचलित हुँदैनन् । रणनीतिक हिसाबले पनि ठीक ठाउँमा उभिन सकिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्