
काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसभित्र रहने अनुमान छ ।
देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौंमा हल्का हुस्सु लागेको छ ।