२७ जेठ २०८३, बुधबार
ओली-रवि भेट

ओलीलाई भेट्न बालकोट पुगे रवि, एक घण्टा छलफल

पुस २०, २०८०
काठमाडौं
ओलीलाई भेट्न बालकोट पुगे रवि, एक घण्टा छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगगेका छन् । शुकरबार मध्याह्न बालकोटस्थित निवासमै पुगेर लामिछानेले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । 

दुई नेताबीच एक घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दियो । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको हो । ‘अहिले चर्चा राष्ट्रिय सभाको छ । तर, राष्ट्रिय सभामा रास्वपा नभएकोले समसामयिक राजनीतिको विषयमा कुराकानी भएको छ,’ ओली निकट स्रोतले लोकान्तरसँग भन्यो । 

अघिल्लो वर्षको पुस १० गते केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा रास्वपाले पनि साथ दिएको थियो । कांग्रेसले राष्ट्रपति जित्ने भएसँगै एमाले र रास्वपाले प्रचण्ड नेतृत्वको सरकार छोडेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्