२७ जेठ २०८३, बुधबार
एमाले बैठक च्यासलमा जारी

राष्ट्रियसभा उम्मेदवार छान्न च्यासलमा एमालेको सचिवालय बैठक​​​

पुस २०, २०८०
काठमाडौं
राष्ट्रियसभा उम्मेदवार छान्न च्यासलमा एमालेको सचिवालय बैठक​​​

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार छान्न नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा उम्मेदवार छान्ने विषयको बैठक आधा घण्टादेखि जारी छ ।

प्रदेशले सिफारिश गरेका नाममै केन्द्रित रहेर उम्मेदवार तय गर्ने तयारी एमालेको छ । 

तर सत्ता गठबन्धनसँग मिलेर जाने गरी छलफल अगाडि बढाएपछि कहाँ कसरी उम्मेदवार तय गर्ने भन्ने टुंगोमा पुग्न एमालेलाई पनि सकस देखिएको छ ।

आगामी ११ माघमा हुने १९ सदस्यको निर्वाचनका लागि एमालेले सत्ता गठबन्धनसँग ६ सदस्य मागेको छ । शान्ति प्रक्रियाको टीआरसी विधेयक टुंग्याउने शर्तमा एमालेलाई ३ देखि ४ सिटसम्म दिन सकिने बताइरहेका छन् ।

तर सत्ता गठबन्धनभित्रै विरोध भएपछि यो विषयमा समान मत बन्न सकेको छैन । सत्ता गठबन्धनमा भाग खोजेको भन्दै एमालेमा पनि विरोध भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्