२६ जेठ २०८३, मंगलबार

भारतका अडानी फेरि बने एसियाका सबैभन्दा धनी व्यक्ति

पुस २०, २०८०
काठमाडौं
भारतका अडानी फेरि बने एसियाका सबैभन्दा धनी व्यक्ति

नयाँ दिल्ली–बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रवार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । 

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो । 

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बनेका परिवारद्वारा सञ्चालित समूहका संस्थापक गौतम अडानीको व्यक्तिगत सम्पत्ति करिब ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उहाँको व्यवसाय दुवैले ती घाटामध्ये अधिकांशलाई कम गरेका छन् ।

ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार यस साता अडानीको कूल सम्पत्ति करिब सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उनको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवैजना अहिले विश्वको १२औँ र १३औँ सबैभन्दा धनी व्यक्ति हुन् । 

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस साता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको सेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ । 

‘सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जीत भएको देखाएको छ,’ फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ।’

अल्पकालीन बिक्रेता घर हिन्डनबर्गले कर्पोरेट गलत कामहरूलाई मात्र नहेरी घट्दो सेयरमा बाजी लगाएर पैसा पनि कमाउँछ । अडानीले गत वर्ष आफ्नो प्रतिवेदनमा ठगीका आरोपहरूलाई अस्वीकार गरेका थिए । उनले अल्पकालीन बिक्रेताहरूको फाइदाका लागि आफ्नो समूहको छविलाई बिगार्ने ‘जानीजानी गरिएको प्रयास’ भनेका थिए । 
    
प्रतिवेदनअघि अडानी समूहको सयेर मूल्य तीव्ररूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो । यसबाट समूहको खतरनाक विस्तारलाई आर्थिक सहयोग गरेको थियो । 

समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ । अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवं हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उहाँहरूबीचको सम्बन्धले अडानीलाई अनुचितरूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्