२६ जेठ २०८३, मंगलबार

कङ्गोमा भारी वर्षापछि बाढीः ३०० जनाको मृत्यु

पुस २२, २०८०
काठमाडौं
कङ्गोमा भारी वर्षापछि बाढीः ३०० जनाको मृत्यु

किन्सासा–प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रवार बताएका छन् । 

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरु भत्किएको बताएका हुन् । 

उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए ।

मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्