२६ जेठ २०८३, मंगलबार

लिफ्ट चढेर अन्तरिक्षको यात्रा गर्न सकिने !

कात्तिक २०, २०७४
लिफ्ट चढेर अन्तरिक्षको यात्रा गर्न सकिने !

काठमाडौं, १७ असोज — पृथ्वीबाट अन्तरिक्षसम्म लिफ्ट चढेर जाने कुरा त आख्यानमा मात्र हुन्छ जस्तो लाग्छ । तर अब यो वास्तविकतामा परिणत हुने भएको छ ।


एक जापानी कम्पनीले यसमा गम्भीरतापूर्वक काम गरिरहेको छ । सन् २०५० सम्म यात्रीहरूलाई सौर्यमण्डलको यात्रा गराएर कैयौं ग्रह देखाउने योजना कम्पनीको छ ।

जापानका वैज्ञानिक बोफिनले ९६ हजार किलोमिटर दूरी पार गर्ने लिफ्ट बनाउने योजना प्रस्तुत गरेका हुन् । जापानी निर्माण कम्पनी ओबायशीसँग उनले यसबारेमा कुरा गरिसकेका छन् । यो कम्पनीले मंगल ग्रह र त्यसभन्दा पनि पर लग्ने परियोजनामा काम गरिरहेको छ ।

उनले एक कम्प्युटर सिमुलेसन पनि निर्माण गरेका छन् जसमा कसरी पृथ्वीबाट लिफ्ट चढेर अन्तरिक्षमा पुगिन्छ र कसरी पर्यटकहरू त्यहाँबाट सौर्यमण्डल हेर्न पाउँछन् भनी देखाइएको छ । यसका लागि कार्बन न्यानो ट्युब केबलको प्रयोग हुनेछ । यो केबल अहिलेसम्मको सबभन्दा हलुका र बलियो सामग्री हो ।

यो प्रोजेक्ट सन् २०२५ मा शुरु हुनेछ अनि त्यसको २५ वर्षभित्रमा पूरा गरिने लक्ष्य छ ।

यो लिफ्ट १३ हजार टन तौलमा निर्भर रहन्छ । प्रोजेक्ट सफल भएमा यसले १०० टनबराबर मानिसहरूलाई अन्तरिक्षमा पु–याइन्छ ।

अन्तरिक्ष विशेषज्ञहरूले चाहिँ यो अत्यन्त महंगो र खतरनाक कदम भएको बताएका छन् ।

तर कम्पनीले यसको बचाउ गर्दै अहिलेको हिसाबमा यसलाई बुझ्न गाह्रो हुने तर भविष्यमा बन्ने कुराहरूका कारण यो सम्भव हुने बतायो । यो लिफ्ट बन्यो भने अन्तरिक्ष यात्रामा कोशेढुंगा साबित हुनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्