
आज देशभर विभिन्न कार्यक्रमगरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । सन् १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
भूकम्पबारे जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले गएको थियो ।
त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भएका थिए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएका थिए ।
सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्याएको थियो ।
त्यसयता पनि सानाठूला भूकम्पहरू गइ रहेका छन् । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पनि जनधनको ठूलो क्षति गरेको थियो ।