२६ जेठ २०८३, मंगलबार

रुपन्देहीको गिद्धे भिरमा टिपर दुर्घटना, आमाछोरीको मृत्यु

माघ ५, २०८०
बुटवल
रुपन्देहीको गिद्धे भिरमा टिपर दुर्घटना, आमाछोरीको मृत्यु
फाइल फोटो

रुपन्देहीको देवदह –६ स्थित गिद्धे भिरमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको छ ।​

देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपरविपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहीवार साँझ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी माथागढी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारू र उनकी २ वर्षीया छोरी सरस्वती सारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।​​

टिपर  चालक देवदह नगरपालिका–७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढी गाउँपालिका ६ की २२ वर्षीया सृजना सारू घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्