२७ जेठ २०८३, बुधबार

‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक : नगद छुटदेखि फाइनान्स सुविधासम्म

माघ ५, २०८०
काठमाडौं
‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक : नगद छुटदेखि फाइनान्स सुविधासम्म

नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरूले टीभीएस बाइक तथा स्कुटरको खरिदमा रू. ७००० सम्मको नगद छुट पाउने छन्  । साथै कम ईएमआई सुविधा, मात्र रू. ३९९९ बाट शुरू हुने कम्पनीले जनाएको छ ।

यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टीभीएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने छ ।

यस योजनासँगै कम्पनीले मात्र रू. ३९९९ बाट शुरू हुने सबैभन्दा कम ईएमआई सुविधा हाइलाइट गर्दै नेपाल भर लागू हुने ग्रस ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।​

गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डकारुपमा स्थापित छ ।

salt training

कमेन्ट गर्नुहोस्