२७ जेठ २०८३, बुधबार

५० हजार भन्दा बढीले लिए स्वास्थ्य उपचार सेवा, कति भयो खर्च ?

माघ ७, २०८०
काठमाडौं
५० हजार भन्दा बढीले लिए स्वास्थ्य उपचार सेवा, कति भयो खर्च ?

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका ५० हजार ७७१ योगदानकर्ताले ७६ अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।       कोषका    अनुसार    औपचारिक,    अनौपचारिक   र   स्वरोजगारतर्फका   चार   लाख ७५ हजार ६७३ योगदानकर्तामध्ये त्यो सङ्ख्याका  योगदानकर्ताले  ती  अस्पतालबाट  स्वास्थ्य सेवा लिएका हुुन् ।
कोषका अनुसार कोषमा योगदान गरेको ५० हजार ७७१ जनाले स्वास्थ्य सेवा लिएबापत एक अर्ब ३८ करोड ३४ लाख ६४ हजार ८६ रुपियाँ दाबी गरेकामा ८४ करोड ४६ लाख ७४ हजार ८५ रुपियाँ भुक्तानी भइसकेको छ । कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै  योगदानकर्ताको  उपचारबापतको  खर्च  बेहोर्ने  व्यवस्था छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्