२६ जेठ २०८३, मंगलबार

निर्वाचनमा थप ढिलाइ हुनु देशका लागि हानिकारकः पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ

माघ ७, २०८०
काठमाडौं
निर्वाचनमा थप ढिलाइ हुनु देशका लागि हानिकारकः पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ

इस्लामावाद–पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष शहबाज शरिफले आसन्न निर्वाचन स्थगित गर्नु देशकै लागि हानिकारक हुने बताएका छन् ।  

पाकिस्तानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका पूर्वप्रधानमन्त्रीसमेत रहेका शरिफले अहिले चुनावमा ढिलाई गर्नु पाकिस्तान र लोकतन्त्रका लागि हानिकारक हुने बताएका छन् । उनले पीएमएल–एनले आफ्नो चुनावी अभियान शुरू गरिसकेको बताउँदै आफ्नो दल चुनाव सार्ने कुनै पनि बहानालाई अस्वीकार गर्ने बताए ।

उनले १३ दलीय गठबन्धनको प्रशासनले १६ महिनाको कार्यकालमा देशलाई आर्थिक अभावबाट जोगाएको दाबी गरे । 

शहबाजले भने, ‘यदि मे ९ को घटना नभएको भए पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खान जेलमा बस्नुपर्ने थिएन ।’ 

गत हप्ता पीएमएल–एनका अध्यक्ष सरिफले फेब्रुअरी ८ मा हुने ‘अति महत्वपूर्ण’ आम निर्वाचनले पाकिस्तानको भाग्य निर्धारण गर्ने घोषणा गर्दै इतिहासको विश्लेषण गरेर ‘भविष्यको नक्सा’ बनाउन मानिसहरूलाई प्रोत्साहित गरेको एआरवाई न्युजले जनाएको छ ।

एआरवाई न्यूजका अनुसार पीएमएल–एनले पार्टीका वरिष्ठ नेता नवाज शरिफ, मरियम नवाज र हम्जा शहबाजको नेतृत्वमा आफ्नो चुनावी अभियान शुरू गरिसकेको छ ।

शरिफले पूर्व प्रधान न्यायाधीश साकिब निसारलाई ‘प्यादा’को संज्ञा दिँदै आफ्नो नेतृत्वको प्रशासन हटाउन उहाँको प्रयोग गरिएको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्