२६ जेठ २०८३, मंगलबार

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

माघ १४, २०८०
काठमाडौं
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

उनले आइतवार राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२४ मा हुने निर्वाचन नजिकिँदै गर्दा भारतमा राजनीतिक उथलपुथल हुने संकेत देखिएका छन् । यसै परिपेक्षमा जनता दल (युनाइटेड)का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो ।

यो बीचमा मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमारले मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै उनलाई भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको बताइएको छ ।

कुमार १७ महिनाअघि बिहारका मुख्यमन्त्री बनेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्