×

NMB BANK
Dabur

एकदिवसीय क्रिकेट सिरिज

क्यानडाविरुद्ध टस जितेर नेपालले बलिङ रोज्यो: हेमन्त धामीको 'डेब्यू', सोमपाललाई विश्राम

काठमाडाैं | माघ २९, २०८०

NTC
Premier Steels
Marvel

क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । सोमबार बिहान त्रिवि मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो । 

Sagarmatha Cement
Muktinath Bank

क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ । नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गरेका छन् । नेपालले सोमपाल कामीलाई विश्राम दिँदै हेमन्तलाई डेब्यु दिएको हो । आजको खेलमा दोस्रो खेल खेलेका आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
SBL

हेमन्त धामी, ललित नारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल नेपालको प्लेइङ–११ मा फर्किएका छन् । आसिफ शेखलाई विश्राम दिंदा कुशल भुर्तेल टोलीमा फर्किएका छन् । 

Vianet communication
Laxmi Bank

यसअघि लगातार दुई खेल जितेको नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । क्यानडा भने पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भने जितिसकेको छ । सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक र दोस्रो खेलमा ४ विकेटको जीत हात पारेको थियो ।

यो सिरिजलगत्तै नेपाली टोलीले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस् सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्यान्ड्स खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृ‌ंखला हुनेछ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x