×

NMB BANK
Dabur

सत्ता गठबन्धनमा खटपट परेको संकेत

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– कांग्रेसको रबैया ठीक भएन, पुनर्विचार गर्नुपर्ने हुनसक्छ

काठमाडाैं | माघ २९, २०८०

NTC
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको रबैया ठीक नभएको भन्दै गठबन्धनमाथि नै विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रचण्डले गत चुनावदेखि राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्म आइपुग्दा कांग्रेसबाट पटक–पटक धोका पाएको बताएको केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेसले शुरूबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सीटबाट ३२ मा झर्‍यौं । हामीले इमान्दारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन् । कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुपर्‍यो, किनकि कांग्रेसले नै अन्तर्घात गर्‍यो,’ प्रचण्डले भने, ‘यो प्राकृतिक गठबन्धन पनि होइन । कांंग्रेसले पटक–पटक धोका दिँदै आएकाले गठबन्धनको विषय विचारणीय प्रश्न हो । तर, गठबन्धनबारे अहिले नै निर्णय गर्न उपयुक्त समय आएको छैन । शान्ति प्रक्रियालाई पूरा गर्न बाँकी छ ।’ 


Advertisment
SBL

पटक–पटक धोका पाएको विषयमा प्रभावकारी समीक्षा भने हुनुपर्ने उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

प्रचण्डले सरकार सञ्चालनमा पनि कांग्रेसले सहजतापूर्वक नघसाएको संकेत बैठकमा गरे । 

‘सरकार सञ्चालनका लागि पनि गठबन्धनका कारण कम्फर्टेबल स्थिति छैन,’ मन्त्री हेरफेर गर्नका लागि धेरैपटक प्रयास गरे पनि कांग्रेस तयार नभएकोतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘यसमा पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको छ ।’ 

उनले माओवादीमा जनवर्गीय संगठन र जातीय मोर्चाहरू पनि ब्यूँताउने पनि बताए ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x