मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जातीय मोर्चा ब्युँत्याउने घोषणा गरेका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा साविकका पहिचानवादी, जातीय र जनवर्गीयसहितका मोर्चा ब्युँत्याउने बताएका हुन् ।
माओवादीमा पहिले विभिन्न जातजातिका मोर्चा अस्तित्वमा हुँदा पार्टीको आलोचना भएको थियो । तर फेरि प्रचण्डले यस्ता मोर्चा ब्युँत्याउने बताएका हुन् ।
उनले भद्रगोल र विवादित भएको भन्दै वाईसीएल र पार्टीको विद्यार्थी संगठन विघटन गरेर नयाँ बनाउने पनि बताएका छन् ।
मंगलवारदेखि तीन दिनसम्म चल्ने विधान सम्मेलनबाट प्रगतिशील र समाजवादी विधान बनाउने बताए । साथै, विशेष महाधिवेशन गर्ने तयारी भइरहेको पनि उनले बताए ।
प्रचण्डले पार्टीले अब तीन वटा अभियान सञ्चालन गर्ने जानकारी दिए ।
‘नागरिकता विधेयक, मिटरब्याज पीडितविरुद्ध बनेको कानूनसहित सुशासनका कामलाई लिएर तराई मधेश अभियान सञ्चालन गर्ने बताउनुभयो’, माओवादी केन्द्रीय सदस्य रामकुमार शर्माले भने, ‘हिमाल, पहाड र तराई जोड्ने गरी उत्तर दक्षिण अभियान र उपत्यकासहित देशका प्रमुख शहर केन्द्रित अभियान सञ्चालन गरिने पनि बताउनुभएको छ ।’
सरकारले लोकप्रिय बजेट ल्याउने तयारी गरिरहेको पनि उनको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...