पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
एफएम रेडियोको साथी बनाउने कार्यक्रममार्फत भएको चिनजान एक महिलाको मृत्युको कारण बन्न पुगेको छ ।
दोलखाको एक एफएम रेडियोले सञ्चालन गर्ने ‘नयाँ साथी बनाउने’ कार्यक्रममा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ की प्रमिला दमाईको दोलखाको वैत्यश्वर गाउँपालिका ७ का ३८ वर्षीय कुमार श्रेष्ठसँग चिनजान भएको थियो ।
त्यही चिनजानले उनीहरूलाई प्रेम सम्बन्धसम्म पुर्याएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘उनीहरूको चिनजान रेडियो कार्यक्रममार्फत भएको देखिन्छ’, एसएसपी खत्रीले पत्रकार सम्मेलनमा भने ।
एसएसपी खत्रीका अनुसार त्यसपछि उनीहरू विगत एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । धेरै पटक उनीहरूको भेटघाट हुने र होटलमा बस्ने गरेको बयान श्रेष्ठले दिएका छन् । दुवै जनाका छोराछोरी छन् ।
विवाहेतर सम्बन्धको बारेमा प्रमिलाका श्रीमान् नसे दमाईले पनि थाहा पाएका थिए ।
त्यसपछि यही असार महिनामा इलाका प्रहरी कार्यालय धोबी रामेछापमा उजुरी दिएका थिए । प्रहरीले तीनै जनालाई बोलाएर छलफल गराएको थियो ।
त्यसपछि कुमारलाई उनकी श्रीमती सविनाको जिम्मा लगाएर पठाइएको थियो । तर पनि उनीहरूको प्रेम छुटेन ।
त्यहीबीचमा कुमार रोजगारीका लागि भारत गएका थिए भने प्रमिलालाई उनका श्रीमान्ले काठमाडौं ल्याएका थिए ।
गत पुष महिनाको अन्त्यमा भारतबाट फर्केर कुमारले काठमाडौं डेरा लिएर बस्दै आएका थिए । कुमार काठमाडौं आएपछि प्रमिला पनि उनीसँगै बस्दै आएको प्रहरीले जनाएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा प्रमिला काठमाडौं बस्ने थाहा पाएपछि कुमार काठमाडौं डेरा गरेर बसेको देखिन्छ’, एसएसपी खत्रीले भने ।
उनका अनुसार पुष २८ गते कुमार दोलखा गएको समयमा फेरि प्रमिला उनका श्रीमान् नसेसँग फिर्ता आएकी थिइन् ।
माघ ४ गते कुमार दोलखाबाट फर्केपछि उनीहरू बेला–बेलामा होटलमा बस्दै आएको अनुसन्धानमा देखिएको एसएसपी खत्रीले बताए ।
यही माघ २६ गते उनीहरू गौशालामा रहेको होटलमा बस्न पुगेका थिए ।
होटलमा पुगेपछि प्रमिलाले विवाह गर्न दबाब दिएको र सोही विषयमा विवाद हुँदा हत्या गरेको श्रेष्ठले प्रारम्भिक बयान दिएका प्रहरीले जनाएको छ ।
‘उनीहरूको होटलमा विवाहका विषयमा विवाद भएको देखिन्छ । त्यही विवादले हत्यासम्म पर्याएको अनुसन्धानमा देखिएको छ’, एसएसपी खत्रीले भने ।
प्रहरीले प्रमिलाको शव काठमाडौं गौशाला विजय चोकमा रहेको सिराहा धनुषा गेष्ट हाउसमा माघ २७ गते फेला पारेको थियो ।
त्यसभन्दा अगाडि २४ गते पनि उनीहरू त्यही होटलमा बसेर फर्किएका थिए ।
प्रहरीलाई १०० नम्बरमा फोन गरेर महिलाको शव फेला पारेको जानकारी गराइएको थियो ।
शुरूमा प्रहरीले महिलाको पहिचान गर्न सकेको थिएन । होटलमा ‘इन्ट्रि’ गर्दा अर्कै नाम र फोन नम्बर टिपाएकाले पनि हत्याराको पहिचान गर्न प्रहरीलाई अप्ठ्यारो परेको थियो ।
‘नाम अर्कै र फोन नम्बर पनि र्यान्डम लेखेकाले हामीलाई हत्यारा को हो र मृतक को हो भनेर पत्ता लगाउन निकै अप्ठ्यारो भएको थियो’, एसएसपी खत्रीले भने ।
प्रहरी सीसीटीभी लगायतका अनुसन्धानबाट श्रेष्ठलाई पक्राउ गरेको छ ।
कुमारले कन्चटमा हानेर ढलाएको र पछि नाइलनको डोरीले घाँटी कसेर हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...
जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् । एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...