×

NMB BANK
Dabur

सरकारी विज्ञापनमा झण्डै हजार प्रतिशत कमिसन, मिडिया एजेन्सीमाथि बोर्डको कारवाही

काठमाडाैं | माघ २९, २०८०

NTC
Premier Steels
Marvel

विज्ञापन बोर्डले अनामनगरस्थित विज्ञापन एजेन्सी कोकिल मिडियालाई १० हजार जरिवाना र विज्ञापनको कारोवार रोक्का गर्ने निर्णय गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रसारण गर्न टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्रसँग गरेको सम्झौतामा उल्लेखित रकमभन्दा बढी शुल्क लिएर विज्ञापन प्रसारणको आदेश दिएको पाइएकाले कारवाही गरिएको बोर्डले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारवाहीस्वरूप नगद जरिवाना र २०८१ साल भित्र विज्ञापन कारोवार रोक्का गर्ने निर्णय बोर्डले गरेको हो । कारवाहीमा परेको एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणवापत प्रतिस्पट १ सय ६ रुपैयाँ ६१ पैसामा सम्झौता गरेको तर प्रतिस्पट जम्मा ११ रुपैयाँ ११ पैसा भुक्तानी गरेको पाइएको थियो ।


Advertisment
SBL

उक्त एजेन्सीले ९ सय ८६ प्रतिशत सेवा शुल्क राखेर विज्ञापन दिने गरेको फेला परेको हो ।

Vianet communication
Laxmi Bank

त्यस्तै कोकिल मिडिया एजेन्सीले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा जम्मा २० वटा एफएम रेडियोमामात्र विज्ञापन प्रसारणको आदेश दिएको पाइएको बोर्डको दाबी छ ।

२०८० साल माघ १९ गते बसेको बोर्डको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७(पहिलो संशोधनसमेत) को नियम ११ख को उपनियम (१) बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्‍का राख्‍ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ । 

बोर्डले नियमावलीर विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ अनुसार सरकारी निकायले विज्ञापन एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्‍चारमाध्यमले जारी गरेको बिलको प्रतिलिपिसहित त्यस्तो एजेन्सीको सेवा शुल्क खुल्ने गरी जारी गरेको बिल बमोजिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले जारी गरेको विज्ञप्तिमा बोर्ड बैठकले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्‍चार केन्द्रलाई सम्झौताअनुसारको काम नगरेकाले कोकिल मिडिया एजेन्सीमाथि कारवाही गर्न निर्देशनसमेत दिएको उल्लेख गरिएको छ । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x