
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जीत जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।
खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरू हुनेछ ।
यसअघि बुधबार कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।
त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र यूएई भिड्दै छन् । यो खेल भने नेपाली समय अनुसार बिहान ७:१५ बजे हुँदैछ । सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन् ।