२६ जेठ २०८३, मंगलबार

चलचित्रले ‘छक्का पञ्जा २’ ले कमायो दश करोड, हलमा दर्शकको उत्तिकै चाप

कात्तिक २०, २०७४
चलचित्रले ‘छक्का पञ्जा २’ ले कमायो दश करोड, हलमा दर्शकको उत्तिकै चाप

काठमाडौं, २२ भदौ – असोज ११ गते फुलपातिमा प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा २’ एघारौं दिनमा दश करोडको ग्रस कलेक्सन गरेको छ । नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक व्यापार गर्ने चलचित्र ‘छक्का पञ्जा’ ले सत्र करोडको व्यापार गरेको थियो भने चलचित्र ‘कोहिनुर’ ले दश करोडको व्यापार गरेको थियो ।

एघारौं दिनमा आइपुग्दा चलचित्रले स्व. श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का अभिनित चलचित्र ‘कोहिनुर’ को व्यापारलाई उछिनेको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीको मुख्य भूमिका रहेको छ । विदेश जाने मोहले नक्कली बिहे गर्ने कथाको वरिपरि घुमेको फिल्म हेर्न मल्टिप्लेक्स हलमा पनि उत्तिकै दर्शक ओइरेका छन् भने समीक्षकले फिल्मलाई औसत र भनेका छन् ।

प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, दीपकराज गिरी लगायतका कलाकारको अभिनय रहेको चलचित्र यतिबेला देशभरका हलमा प्रदर्शन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्