२६ जेठ २०८३, मंगलबार

रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

फागुन ९, २०८०
विरगञ्ज
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ ।

सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि ११ बजेसम्मका लागि खुला गरिएको र अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

मुलुकको आर्थिक नगर र स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताए । 

परिस्थिति र आवश्यकताका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने उनले जानकारी दिए । वीरगन्जको अहिलेसम्मको अवस्था सामान्य छ ।

रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा हिन्दू समाजले गत सोमवार बीरगञ्जमा निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले सोमवार साँझदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्