२७ जेठ २०८३, बुधबार

प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

फागुन ९, २०८०
काठमाडौं
प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ ।

प्रतिकूल बकपत्र गरेको आरोपमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका यादव रिजालविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगका प्रवक्ता घिमिरेका अनुसार नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रका प्राविधिक कर्मचारी (चौथो तह) विर्जुकुमार महतो प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा रिजालले प्रतिकूल बकपत्र गरेका थिए ।

सरकारी साक्षीका रुपमा विशेष अदालतमा पेश गरिएका रिजालले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

विद्युत क्षमतामा अभिवृद्धि गर्नका लागि २५ हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले  महतोविरुद्ध मुद्दा दायर गरेको थियो ।​​

सरकारी साक्षीका रुपमा विशेषमा पेश गरिएका रिजाललाई कैद र बिगो बमोजिमको जरिवाना मागदाबी ​गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्