कात्तिक २१, २०८०
भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...
विश्वका विभिन्न १४ भाषामा प्रकाशित वरिष्ठ उपन्यासकार, प्रत्रकार, लेखक एवं साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को चित्रमा प्रदर्शनी सुरू भएकाे छ ।
अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् । अग्रज साहित्यकार जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६) माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरुलाई २५ चित्रमा उतारेकी छन् । उनले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्किएकी छन्, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई उनले अब भाषाविहीन बनाइदिएकी छन् ।
Anticorruption Academy ले आयोजना गरेको सो विश्व प्राज्ञिक आकाशमा कला र साहित्यको सङ्गम (A fusion of Art and Literature) को उद्घाटन ललितकला प्रज्ञा प्रतिस्थानका कुलपती चर्चित कलाकर नारदमुनी र पूर्व कुलपति वरिष्ठ चित्रकार रागिनी उपाध्यायले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कुलपति नारदमुनी, पूर्व कुलपति रागिनी, कलाकार इन्दू पन्त र साहित्यकार भरत जंगमले आआफ्नो मन्तव्य राखेका थिए ।
पूर्वकुलपति उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि सुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताइन् ।
त्यस्तै कुलपति नारदमूनीले कालो सूर्यले विश्वव्यापी रुपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पुर्याउन सफल भएकामा प्रशंसा गरे । चित्रकार पन्तले कलामार्फत जीवन्त बनाएको बताउँदै उनले भनिन्, 'भरत जङ्गमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ ।'
चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेखेको कालो सूर्य उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रुपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् ।
सो प्रदर्शनी फागुन ८ देखि फागुन १२ गतेसम्म नेपाल आर्ट काउन्सिलमा हुनेछ भने आगामी चैत ३ देखि ९ गतेसम्म ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा प्रदर्शनी हुनेछ । प्रदर्शनीमा २७ थान चित्र राखिएका छन् । कार्यक्रमको संचालन Anticorruption Academy का अध्यक्ष अनुप जंगमले गगरेका थिए ।
भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...