×

NMB BANK
NIC ASIA

रास्वपाप्रति जनताले देखाएको उत्साहले ठूला दललाई छटपटी भयो : रवि लामिछाने

बुटवल | फागुन १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीप्रति जनताले देखाएको उत्साहले ठूला दललाई छटपटी हुने गरेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शनिवार कपिलवस्तुमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । घण्टीको आवाज सदनमा समेत जोडदार बज्ने गरेको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी निर्वाचनमा कपिलवस्तुका जनताले पनि घण्टी बजाउने सासंद पठाउने विश्वास उनले व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनसम्म जनतालाई आफूले ‘क्याप्सुल’ दिएको बताए । आगामी निर्वाचनसम्म त्यो ‘क्याप्सुल’ बचाएर प्रयोग गर्न आम जनतालाई आह्वान गरे ।

Vianet communication
Laxmi Bank

आफूले दिएको 'क्याप्सुल' अब चार वर्ष जोगाएर राख्न सक्नुहुन्छ ? भन्दै उनले मैदानमा बसिरहेका जनतालाई जागरूक बनाए । ‘कतै हँसिया हथौडाले बजाउला, कही रुखको हाँगाले लाग्ला, सूर्यको तापले पोल्ला तर आज मैले भनेका कुरा एउटा 'क्याप्सुल' सम्झिएर प्रयोग गर्नुहोला केही असर गर्ने छैन’, लामिछानेले भने ।​

देशभरिका जनतालाई भेट्न देशभर दौडिएको बताउँदै समाचारमा आउने हेडलाइन र आरोपले कुनै असर नगर्ने उनले बताए ।

देशभरिका बा-आमासँग शिर निहुराउन जानेको भन्दै उनले कोठामा बसेर षड्यन्त्र गर्नेहरूको पनि भण्डाफोर गर्ने बताए ।

‘यो शिर तमाम बा-आमाहरूले आशीर्वाद दिएको शिर हो, कसैले छेदन गर्न खोज्दैमा केही असर पर्ने वाला छैन । हामी असल उमेदवार लिएर आएका छौं, अब घण्टी बजाउँछौं, अब देशमा कसैले भोको पेट बस्न नपरोस्, कसैका छोराछोरी शिक्षाबाट बन्चित हुन नपरोस्, कसैले स्वास्थ्यका लागि उपचारबाट बन्चित हुन नपरोस् यही संकल्प लिएर हिँडेका छौं', उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x