×

ढाल्न सक्ने तागत जनतासँग मात्रै छ, अरुले रहर गरेर हुन्न– रवि लामिछाने

काठमाडाैं | फागुन १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै भएकाले अरु ‘जो कसैले’ रहर गरेर नहुने बताएका छन् ।

शनिवार कपिलवस्तुमा आयोजित सभालाई सम्बोधन गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले आफूविरुद्ध लाग्नेहरूप्रति लक्षित गर्दै घुमाउरो पारामा यस्तो बताएका हुन् ।


Advertisment

‘ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ । जनता बाहेकका अरु जो कसैले रहर गरेर हुन्न र सक्दैनन्,’ उनले फेसबूकमा लेखेका छन् । 


Advertisment

कपिलवस्तुमा आयोजित कार्यक्रममा सभापति लामिछानेले आफ्नो पार्टीप्रति जनताले देखाएको उत्साहले ठूला दललाई छटपटी हुने गरेको बताएका थिए ।

घण्टीको आवाज सदनमा समेत जोडदार बज्ने गरेको उनको भनाइ थियो ।

आगामी निर्वाचनमा कपिलवस्तुका जनताले पनि घण्टी बजाउने सासंद पठाउने विश्वास उनले व्यक्त गरे । 

सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनसम्म जनतालाई आफूले ‘क्याप्सुल’ दिएको बताए । आगामी निर्वाचनसम्म त्यो ‘क्याप्सुल’ बचाएर प्रयोग गर्न आम जनतालाई आह्वान गरे ।

आफूले दिएको ’क्याप्सुल’ अब चार वर्ष जोगाएर राख्न सक्नुहुन्छ ? भन्दै उनले मैदानमा बसिरहेका जनतालाई जागरूक बनाए । ‘कतै हँसिया हथौडाले बजाउला, कही रुखको हाँगाले लाग्ला, सूर्यको तापले पोल्ला तर आज मैले भनेका कुरा एउटा ’क्याप्सुल’ सम्झिएर प्रयोग गर्नुहोला केही असर गर्ने छैन’, लामिछानेले भने ।

देशभरिका जनतालाई भेट्न देशभर दौडिएको बताउँदै समाचारमा आउने हेडलाइन र आरोपले कुनै असर नगर्ने उनले बताए ।

देशभरिका बा–आमासँग शिर निहुराउन जानेको भन्दै उनले कोठामा बसेर षड्यन्त्र गर्नेहरूको पनि भण्डाफोर गर्ने बताए ।

‘यो शिर तमाम बा–आमाहरूले आशीर्वाद दिएको शिर हो, कसैले छेदन गर्न खोज्दैमा केही असर पर्ने वाला छैन । हामी असल उमेदवार लिएर आएका छौं, अब घण्टी बजाउँछौं, अब देशमा कसैले भोको पेट बस्न नपरोस्, कसैका छोराछोरी शिक्षाबाट बन्चित हुन नपरोस्, कसैले स्वास्थ्यका लागि उपचारबाट बन्चित हुन नपरोस् यही संकल्प लिएर हिँडेका छौं’, उनले भने ।
 

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x