२६ जेठ २०८३, मंगलबार

विश्व शारीरिक सुगठनमा ननितालाई रजत

कात्तिक २०, २०७४
विश्व शारीरिक सुगठनमा ननितालाई रजत


काठमाडौँ, २२ असोज - मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् ।sugathan

ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिनुभयो । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण तथा इटालीले कांस्य पदक जित्यो ।

ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौँ संस्करणमा ननिताले कांस्य पदक जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो । आठौँ विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै ननिताको खेलमा ‘डेब्यू’ गरेकी थिइन् ।

ननिताले २०७३ सालमा काठमाडौँमा भएको प्रथम मिस्टर काठमाडौँ तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर शुरु गरेकी हुन् भने सो प्रतियोगितामा उनले स्वर्ण पदक जितेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्