×

गठबन्धन सरकार पूर्णरुपमा असफल भयो : उपाध्यक्ष पौडेल

बुटवल | फागुन १३, २०८०

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान गठबन्धन सरकार पूर्णरुपमा असफल भएको बताएका छन् ।

Laxmi Bank

पौडेलले अहिलेको सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुनुका साथै विकासका महत्त्वपूर्ण कामहरू समेत रोकिएको दाबी गरे ।


Advertisment

आइतबार बुटवलको नहरपुर माविको नवनिर्मित भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरुद्ध पार्टीले सदन र सडकबाट खबरदारीको विकल्प नभएको समेत स्पष्ट पारे ।


Advertisment

‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मुख भएका छन्’, पौडेलले भने, ‘राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजना बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन्, यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ ।'

अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर नबस्ने उनले बताए । चालू अवस्थामा रहेका विकासका आयोजनाहरूको बजेट सरकारले काट्दा धेरै योजनाहरू अलपत्र परेको पौडेलले बताए । 'शुरू भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आयोजनाको बजेट काटिएको छ । अब खबरदारी गर्नुपर्ने अवस्था आयो’ उनले भने ।

बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने पौडेलको भनाइ छ । ‘रुपन्देहीमा विकासका काम करिब-करिब सकिएका जस्तो लाग्छ’, पौडेलले भने, ‘झुम्साखोला खानेपानीको काम अब आउने चरणमा छ । बुटवल नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खबरदारी गर्नु छ । बुटवल चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस भन्ने हाम्रो चाहना हो । यो अन्य आयोजनाहरू सम्पन्न हुने चरणमा छन् । अब रुपन्देही विकासमा अब्बल बनेको छ । हाम्रो ध्यान अब मानवीय विकासमा केन्द्रित हुन्छ ।’ 

रुपन्देही पूर्वाधार विकाससँगै शिक्षाको हब बनेको समेत बताए । केही समय अघिसम्म ओझेलमा परेका यहाँ सामुदायिक विद्यालय राष्ट्रमै प्रथम, द्वितीय र तृतीय हुँदै अब्बल बनेको बताउँदै अब भौतिक पूर्वाधार विकासमा कुनै कमी हुन नदिने पौडेलको भनाइ छ ।

‘यहाँको कालिका, कान्ति, शान्ति, नवीन सैनामैनाको विद्यालय केही समयसम्म ओझेलमा थिए’, पौडेलले भने, ‘अहिले यि विद्यालय देशकै विद्यार्थी संख्या, भौतिक पूर्वाधार र नतिजामा पहिलो दोस्रो र तेस्रो र चौथो सम्म पुगे । यहीँ ठाउँमा अब नहरपुर मावि पनि पुग्दैछ । रुपन्देहीमा विकाससँग शैक्षिक सुधारमा आमूल परिवर्तन आएको छ ।’

यस क्षेत्रका विकासमा तिनै तहका जनप्रतिनिधिहरू मिलेर काम गर्ने नेता पौडेलको भनाइ छ ।

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x