
त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले नामिबियाविरुद्ध तेस्रो सफलता हात पारेको छ । टस हारेपछि फिल्डिङमा उत्रिएको नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिए ।
रोहितले जान फ्राइलिन्कसलाई आशिफ शेखबाट क्याचआउट गराएका हुन् । रोहितले नै दोस्रो विकेट लिएका थिए । पहिलो विकेट भने करण केसीको नाममा रह्यो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलवार जारी खेलमा ११ ओभमा ६६ रन बनाउँदा नामिबियाले ३ विकेट गुमाएको छ ।