२६ जेठ २०८३, मंगलबार
स्थायी समिति बैठकको निर्णय

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

फागुन १६, २०८०
काठमाडौं
राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षका लागि आफ्नै उम्मेदवार अगाडि सार्ने निर्णय गरेको हो ।

कांग्रेस र माओवादी दुवैले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्दै आएका छन् ।

गठबन्धनमा सहमति अगावै माओवादीले आफ्नै उम्मेदवार उठाउने भनी निर्णय गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्रिय सभा अध्यक्षका कारण गठबन्धन नै तलमाथि हुने आशंका व्यक्त भइरहेका बेला माओवादीको यस्तो निर्णय आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्