चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको दाबी गरेका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनामध्ये तीनवटा सम्पन्न भइसकेको जानकारी दिए ।
‘राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि छ । यस्तै वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र अरु ६ वटाको प्रगति ५० प्रतिशतसम्म छ,’ उनले भने ।
यस्तै पाँच वटाको प्रगति १० प्रतिशत मुनि रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
त्यस्तै उनले हुलाकी राजमार्गका बाँकी पुलहरूको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिइएको पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले जयनगर–जनकपुर–कुर्था–भगाहा रेलवेमा कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको पनि जनाए ।
यसैगरी उनले काठमाडौं उपत्यकाबाट तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक)को प्रवेश विन्दु खोकनाको जग्गा अधिग्रहणबारे स्थानीय समुदायसँग छलफल भइरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आयोजनाको केही डिजाइन पुनरावलोकन भई सुरुङ मार्गको लम्बाइ केही बढेको तर सडकको कुल लम्बाइ केही घटेको जानकारी दिए ।
‘यस आयोजनाको केही डिजाइन पुनरावलोकन भइ सुरुङ मार्गको लम्बाइ केही बढेको तर सडकको कुल लम्बाइ केही घटेको छ,’ उनले भने, ‘यो द्रुतमार्गको प्रवेश विन्दु रहने खोकनाको जग्गा अधिग्रहण सम्बन्धमा स्थानीय समुदायसँग छलफल भइरहेको छ ।’
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले समेत स्थलगत भ्रमण गरी समस्या समाधानको पहल गरेको बताए ।
द्रुतमार्ग निर्माणका क्रममा खोकनाको जग्गा अधिग्रहण भएको भन्दै स्थानीय आन्दोलित छन् ।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा माननीयज्यूले देश र जनताका हकहित र सरोकारका विषयमा महत्वपूर्ण जिज्ञाशा, विचार र सुझाव राख्नुभएकोमा म सवै माननीय सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद दिन्छु।
मेरो नेतृत्वको सरकारले शुरुदेखिनै सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेको छ। सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण, सवै तहमा सुशासनको प्रवर्द्धन गर्ने, विकास प्रशासन चुस्त र गतिशील बनाउने, विकास निर्माणका कार्यलाई गति दिने, अर्थतन्त्रको पुनरुत्थान र सवलीकरण, लोकतान्त्रिक पद्धतिको सुदृढिकरण गर्ने, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निश्कर्षमा पुर्याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार सदा प्रतिवद्ध र क्रियाशील रहदै आएको छ।
संसद र संसदीय समितिले दिएका निर्देशन सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको व्यहोरा जानकारी गराउन चाहन्छु। समितिका माननीय सदस्यहरुले व्यक्त गरेको जिज्ञासाहरुमा केही भनाईहरु यस प्रकार उल्लेख गरेको छुः
संघीयता कार्यान्वयन, संघ,प्रदेश तथा स्थानीय तहबीच समन्वय र साझा कानुनको निर्माण
आयोजनाहरुको तहगत बजेट सिलिङ्ग सम्बन्धी मापदण्ड निर्धारण
वैज्ञानिक मापदण्डका आधारमा स्रोत विनियोजन तथा वितरण
राष्ट्रिय गौरवका आयोजना
आयोजनागत सवालहरुः
वुढी गण्डकी जलविद्युत आयोजनाः
यस आयोजनामा लगानी जुटाउने सम्बन्धमा नेपाल सरकार आफैले स्रोत जुटाउन कर्मचारी सयञ्चयकोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष, नेपाल टेलिकम लगायतका संस्थाहरुसँग छलफल गरिएको छ। पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करबाट प्रति लि. रु ५ उक्त परियोजनाका लागि उपलब्ध गराउने व्यवस्था गरिएको छ। व्यक्तिका अधिग्रहण गरिएका जग्गाको मुअव्जा वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
हुलाकी राजमार्ग
उक्त राजमार्गका बाँकी पुलहरुको निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आ.व. को वजेट तर्जुमाका क्रममा प्राथमिकता राख्न निर्देशन दिइएको छ।
रेलवे तथा मेट्रोरेल
जयनगर- जनकपुर –कुर्था- भगाहा रेल सञ्चालनमा रहेको छ। रेलवे कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको छ।
काठमाडौ तराई/मधेस द्रुतमार्ग
यस आयोजानको केही डिजाइन पुनरावलोकन भई सुरुङ मार्गको लम्बाई केही बढेको तर सडकको कुल लम्बाई केही घटेको छ। यो द्रुतमार्गको प्रवेश विन्दु रहने खोकनाको जग्गा अधिग्रहण सम्बन्धमा स्थानीय समुदायसँग छलफल भइरहेको छ। नेपाली सेनाका प्रधान सेनापति समेत स्थलगत भ्रमण गरी समस्या समाधानको पहल भएको छ।
सुनकोशी मरिन वहुउद्धेश्यीय आयोजना
सुरुङ निर्माणको कार्य द्रुतगतिमा भईरहेको छ।प्रतिकुल भौगर्भिक अवस्थितिका कारण सुरुङको Alignment केही Review गर्नुपर्ने सम्बन्धि विषयमा प्राविधिक अध्ययन भईरहेको छ।
मेलम्ची खानेपानी आयोजना
हाल वैकल्पिक व्यवस्था गरी दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याइएको छ। हेडवर्क्स सम्मको पहुँचमार्ग हिउँदमा सञ्चालन हुनेगरी पुनर्निर्माण गरिएको छ। यसलाई वर्षैभरि सञ्चालन गर्ने गरी निर्माणकार्य अगाडि वढाइएको छ। हेडवर्क्सको संरचना निर्माण सम्बन्धमा एशियाली विकास वैंक र त्रि वि इन्जिनियरिङ्ग अध्ययन संस्थाबाट अध्ययन भइरहेको छ।
समग्रमाः- कुल २४ राष्ट्रिय गौरवका आयोजना मध्ये
सार्वजनिक सार्वजनिक खरिद सम्वन्धी कानूनमा सामयिक संशोधन
राष्ट्रिय योजना आयोगको औचित्य
संविधानिक निकाय
राष्ट्रिय सुरक्षा
परराष्ट्र सम्बन्ध
समितिले दिएका निर्देशनहरु प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् वार्षिक वजेटमा समावेश गरिने छ। साथै हाल तर्जुमाको अन्तिम चरणमा रहेको सोह्रौ आवधिक योजनामा समेत यी विषयहरुलाई समावेश गरिनेछ।
समितिका निर्देशनहरु सबै मन्त्रालय तथा निकायले समेत प्राथमिकतामा राखी कार्यान्वयन गर्न निर्देशन दिइसकेको छु।
संसद सम्बन्धी विषय हेर्न सबै मन्त्रालयमा Focal Desk राख्ने व्यवस्था छिट्टै मिलाइनेछ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...