×

NMB BANK
NIC ASIA

बालुवाटार बैठकको खुलासा

BREAKING: एमाले, माओवादी, रास्वपा र जसपाबीच गठबन्धनसहित नयाँ सरकार बनाउने सहमति

काठमाडाैं | फागुन २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । 

Muktinath Bank

स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवत: आजै घोषणा हुने सम्भावना छ ।  राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए आजै पूरानो सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी र रास्वपासहितको नयाँ गठबन्धन बन्ने स्रोतले ठोकुवा गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ ।


Advertisment
Nabil box
Kumari

बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

Vianet communication
Laxmi Bank

यसअघि आजै बिहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ । लगत्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धनधारी दलहरूलाई बोलाएर नयाँ परिस्थिबारे जानकारी गराउने उच्च स्रोतले जानकारी दियो ।

आइतबार एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका थिए । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव पोखरेलसहित प्रचण्डसँग छलफल गरेका थिए । 

ओली प्रचण्ड छलफललगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव पुन र रास्वपा सभापति लामिछानेबीच छलफल भएको थियो ।

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका थिए । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिति आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले बताए ।

प्रचण्डको असन्तुष्टि

सरकार सञ्चालन गर्न सत्ताको प्रमुख घटक कांग्रेसले प्रयाप्त सहयोग नगरेको भन्दै प्रधानमन्त्री प्रचण्ड लामो समयदेखि असन्तुष्ट थिए । सरकारको काम कारबाही चुस्त बनाउन र जन आकांक्षाअनुसार अघि बढाएका कामलाई कांग्रेसले सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै आएका थिए । 

कांग्रेसले कार्यसम्पादन राम्रो नभएका मन्त्री हटाउन नमानेकोमा पनि प्रधानमन्त्रीको असन्तुष्टि थियो । यस्तै, सरकारले शुरू गरेको सुशासन अभियानमा सहयोग गर्नुको साटो भाँड्न खोजेकोमा पनि उनले कांग्रेसँग असन्तुष्टि जनाएका थिए ।

गठबन्धन कायम छँदै पार्टी बैठकमा आगामी चुनावमा गठबन्धनमा नगर्ने भनेर बखेडा झिकेको प्रचण्डको आरोप छ । यस्तै, 'जनयुद्ध' लाई बद्नाम हुनेगरी कांग्रेसले आन्तरिक बैठकमा दस्तावेज पेश गरेकोलगायत असन्तुष्टिका विषय हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीसँगको वार्ता धेरै अगाडि बढिसकेपछि कांग्रेस झस्केर  आउन खोजेको छ । तर, अहिले धेरै ढिलो भइसकेको जवाफ प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको स्रोतको दाबी छ ।  ​कांग्रेसँग असन्तुष्ट प्रधानमन्त्री प्रचण्ड पछिल्लो केही समयदेखि एमालेसँग निरन्तर सम्वादमा थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x